हाम्रो बारे

यस संस्था जि. प्र. का. मा दर्ता नं.११२९ र सामाज कल्याण परिषदसँग दर्ता न.२९८५४ मा आबद्ध गरिएको छ । यो संस्था नाफामुलक हुने छैन र बिशेस गरी शिक्षा, हेरविचार, तालीम, स्वास्थ्य र मानसिक बिकासको क्षेत्रमा असंबादी र सुस्त मन:स्थिति मानिसको लागि काम गर्नेछ ।

संस्थाको अस्तित्व:-
यो संस्था एक अबिछिन्न उतरधिकारवाला,संगठित, स्वशसित्, गैरनाफामुलक्, गैरराजनीतिक तथा गैरसरकारी सामाजिक संस्था हुनेछ । संघको उदेश्य र गर्नु पर्ने सेवाहरु

१) यो संस्था गैर नाफामूलक संस्था हुनेछ ।

२) असंबादी (वास्तविक संसारको बेवास्था गर्ने) तथा सुस्त मन:स्थितिका बालबालिका तथा ब्यक्तिहरुको हेरबिचार, पालनपोषण, शिक्षादिक्षा, स्वास्थ्य एंव बौद्धिक विकासमा सहयोग गर्ने गराउने ।

३) असंबादी तथा सुस्त मन:स्थितिका बालबालिका तथा ब्यक्तिको समस्यालाई न्यूनिकरण गर्न जनचेतनामूलक कार्यक्रम संचालन गर्ने गराउने ।

४) असंबादी तथा सुस्त मन:स्थितिका बालबालिका तथा ब्यक्तिहरुको सहयोगको लागि विभिन्न ब्यक्ति, स्थानिय निकाय, संघसंस्था, सरकारी निकाय एंव दातृ निकायहरु समक्ष अनुरोध गरि सहयोग पुर्‍याउने ।

५) असंबादी तथा सुस्त मन:स्थितिका बालबालिका तथा ब्यक्तिको बारेमा विभिन्न पुस्तिका, पत्रपत्रीका एंव संचार माध्यम मार्फत जनचेतना अभिबृधि गर्ने ।

६) असंबादी तथा सुस्त मन:स्थितिका बालबालिका तथा ब्यक्तिको ध्यान केन्ढृत(Focus) गराउनको लागि अवाश्यक सामाग्री र उपकरणहरुको ब्यवस्था गर्ने ।

७) असंबादी तथा सुस्त मन:स्थितिका बालबालिका तथा ब्यक्तिको मानसिक एंव बौद्धिक विकासको लागि राष्ट्रीय अन्तराष्ट्रीय स्थरका प्रशिक्षकहरु बाट तालीम, प्रशिक्षण, एंव कक्षा संचालन गर्ने गराउने ।

८) असंबादी तथा सुस्त मन:स्थितिका बालबालिका तथा ब्यक्तिका अभिभावक एंव संरक्षकहरुलाई रोजगारीको लागि आवश्यक ब्यवसायिक तालीमको संचालन गरि आत्मा निर्भर बनाउन पहल गर्ने ।

९) घरको लागि ब्यक्ति, बालबालिका र अभिभावकलाई प्रशिक्षण दिन नितान्त आवश्यक भएको हुँदा घरमा पनि समय मिलाई असंबादी तथा सुस्त मन:स्थिति सम्वन्धि तालीम ब्यवस्था गर्ने ।

उपरोक्त उल्लेखित उदेश्यहरु पूर्ति गर्न नितान्त आवश्यक छ । यसकारण यस किसिमको बालबालिकाको सहायताको लागि संसारका मानिसहरुको हात बढाउने प्रेरणा जागोस् । संसारले यस असंबादी कल्याण संघ नेपाललाई सहायता पुर्‍याउन सकोस र सुस्त मन:स्थिति असंबादी बालबालिकाका ब्यक्तिको पीडा द्वारा जन्मेको असंबादी कल्याण संघ नेपालले हरेक पीडित सुस्त मन:स्थिति, असंबादी बालबालिकाको कल्याण गर्न सकोस र अन्तमा ईश्वरले मानिसको हृदयमा सहायता गर्ने प्रेरणा प्रदान गरुन ।