संस्थापक सदस्यहरू

श्री चन्द्र बहादुर सुनुवार
संस्थापाक सदस्य

नमस्ते
म एक असंबादी छोरी एलीशाको पिता हुँ । मैले शुरुमा ३६ बर्ष अधि स्टोर किपरको रुपमा काम गरेँ । म त्यस कार्यलयमा ३ बर्षको लागि नियुक्ति भएको थिएँ । यो अस्थायी जागीर भएको कारणले मैले अवकास लिनुपर्‍यो । त्यसपछि मैले आफ्नै जिल्लामा स्थायी शिक्षक भएर आठ बर्षसम्म पठनपाठन गरेँ । त्यसपछि किन हो काठमाडौं आउने इच्छा भयो र त्यो शिक्षक काम राजिनामा दिएर नेपाल यातायात संस्थान ट्रली वस सेवामा १४ बर्षसम्म काम गरेँ । शुरुमा त्यहाँ कण्डक्टर भएर प्रशासन तह २ मा स्थायी जागिरमा नियुक्ति भएँ र पछि टिकट सेल्लर, वुथ इन्चार्ज, स्टोर शाखामा स्लीप वितरण र साहयक प्रशासन कर्मचारीको रुपमा काम गरेँ । तर यो संस्थान त्यसै डिजल्भ भयो र कर्मचारीहरुलाई हटाईयो । त्यस पछि मैले क्यानडाको फ्रन्सेस मेडमको मिरा पब्लिकेशनको कार्यालयमा ७ बर्षदेखि बेलुकाको रेखदेख गर्ने काम हालसम्म गरी राखेको छु । यस कार्यलयमा काम गर्दा गर्दै मलाई असंबादी कल्याण संघ नेपाल स्थापित गर्ने प्रेरणा जाग्यो र सवैको सहयोग वाट यो संस्था स्थापित भएको छ । यसमा म अत्यन्त खुशी छु ।

श्री दुर्गा प्रसाद दाहाल
संस्थापाक सदस्य


स्थायी ठेगनास् प्राप्चा ६, ओखल्ढुंगा
हालको ठेगनास् श्रीनगरमार्ग वडा नं।३४ काठमाडौं

म लाईब्रेरीमा काम गर्छु , जुन चाहिं बानेश्वरमा छ । त्यहाँ बिशेष गरेर धर्मसम्बन्धि पुस्तकहरु छन् । जुन अध्यानको लागी उचीत हुनेछ र थेसिस्, प्रोजेक्ट को काम साथै अरु धेरै कामको लागि उपयोग लिनु सकिन्छ । म यस्तो वातावरणमा संधै काम गर्छु । जुन संस्था आवन ९ब्ध्ब्ल्० सँग काम गर्दा त्यो आत्मासन्तुष्टि हुन्छ ।

श्री नारायण सिङ थापा
संस्थापाक सदस्य

म संग २० बर्षभन्दा बढी विधालय र कलेजहरु अध्यापन गरेको अनुभव छ । यसैको कारणले, मलाई बिश्वास छ कि म उनीहरुको कमीकमजोरी र आस्था बुझ्न सक्नेछु । यधपी, मेरो जीवनको प्राप्त अनुभव पस्किनेछु र सोही कारण मलाई समाजिक संस्था आवन ९बधबल० को सहकर्मी बन्दा गर्व लागेको छ र साथै म ९असंबादी कल्याण संघ नेपाल० संग आबद्ध भई बिभिन्न संस्थाहरुमा भोलिन्टरको रुपमा कार्यरत छु ।

श्री डिक कुमार सुनुवार
संस्थापाक सदस्य

मलाई आवन (AWAN) जस्तो संस्थाको अभिन्न अङ्ंग हुन पाउंदा सम्मानित भएको छु । बास्तबिक मानिसको जीवन यो उद्देस्यले प्रेरित गरेको पाउछु । त्यसकारण मेरो सम्पूर्ण बर्गमा, जीवनको मुल्य बुझौं र सेवा गरौ जसले गौरब्, खुशी अरुको साहायता गर्दा मिल्द्छ ।
अन्त्यमा,अ्मुल्य जीवन सदा अरुको हृद्यमा प्रेम सग्ँ रहन सकोस् । मलाई बिश्वास छ, यो नै मनिसको जीवनको ठुलो उपलब्धी हो ।

श्री दुर्गाधन सुनुवार
संस्थापाक सदस्य

मलाई आवन(AWAN) जस्तो संस्थाको अभिन्न अङ्ंग हुन पाउंदा सम्मानित भएको छु । बास्तबिक मानिसको जीवन यो उद्देस्यले प्रेरित गरेको पाउछु । त्यसकारण मेरो सम्पूर्ण बर्गमा, जीवनको मुल्य बुझौं र सेवा गरौ जसले गौरब्, खुशी अरुको साहायता गर्दा मिल्द्छ ।
अन्त्यमा,अ्मुल्य जीवन सदा अरुको हृद्यमा प्रेम सग्ँ रहन सकोस् । मलाई बिश्वास छ, यो नै मनिसको जीवनको ठुलो उपलब्धी हो ।

 श्री बुद्धी माया तामाङ
संस्थापाक सदस्य

म सँग असंवादी प्रकास नामको छोरा छ । म गृहणी हुँ । मेरो सदैव प्रयास सब भन्दा राम्रो हेरबिचार गर्नु नै हो तर मलाई पीर लाग्छ कि मेरो पूँजीले यो सम्भव हुँदैन । यो नै उसको लागि दुर्भाग्य भएको छ । राष्ट्रले पनि यस्ताको लागि राम्रो गर्न सकेको छैन । म सँग यस्तो बालवालिकाको तीतो अनुभव छ । यो नै मेरो कारण हो यस संस्थासँग आवद्ध हुनुमा । मेरो उद्धेश्य उनीहरुको हकहित सम्भव भए सम्म उपभोग गराउनु हो । त्यसकारण मलाई विश्वास छ यो त्यस्ताका लागि अति उपयोगी संस्था हुनेछ ।

श्री लक्ष्मी शाही
संस्थापाक सदस्य

म असंबादी छोरा अमृत शाहीको आमा हुँ । म एउटी गृहणी महिला हुँ । म सँग ठूलो जिम्मेवारी छ त्यसकारण म सँधै उसको लागि चिन्तित हुन्छु । म ईश्वरलाई धन्यबाद टक्य्राउन चाहान्छु कि जहाँ मेरो जीवन यस्ता बालबालिका तथा ब्यक्तिलाई समर्पित गर्न इच्छा जागोस् भन्न चाहन्छु । यस्तो संस्थाको सहयोगी हुन पाएकोमा म धेरै खुशी छु । मलाई विश्वास छ म सदैव यसको सहयोगी भएर मेरो अन्तिम सास सम्म साथ दिनेछु । म यस्तो सामाजिक काममा खुशी छु र एक दिन, त्यो मेरो आत्मसंन्तुष्टी र उपलब्धी हुनेछ ।